खबर फटाफटदेश

प्रहरीको रासन भत्ता वृद्धि गरिँदै

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने भएको छ । आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धिसम्बन्धी फाइल स्वीकृत गर्नुभएको गृह मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष ०७८र७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गृह मन्त्रालयले गरेको हो । बजेटमा व्यवस्था गरिएअनुसार कार्यान्वयनमा लगिने छ ।

मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन १ गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउने छन् । सरकारले जिल्लाको दररेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम निर्धारण गर्दै आएको छ ।

नेपाल प्रहरीको सङ्ख्या ७३ हजार छ भने सशस्त्र प्रहरीको सङ्ख्या करिब ३५ हजार रहेको छ । एउटा सिपाहीले कम्तीमा चार हजार रूपियाँदेखि बढीमा १२ हजार रुपियाँसम्म रासन भत्ता पाउँदै आएका छन ।

अब १५ प्रतिशत थप हुनेछ । काठमाडौँमा कम्तीमा चार हजार रासन भत्ता छ भने दुर्गम तथा हिमाली जिल्लाहरूमा बढीमा १५ हजार रुपियाँसम्म रासन भत्ता दिइन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button