No Image Headlineअर्थखबर फटाफट

दैनिक ४ सय मेगावाट बिजुली खेर जाँदा प्राधिकरणलाई मासिक झन्डै साढे दुई अर्ब घाटा

कुनै बेला विद्युत् अभावमा मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ।

यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन।

साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म ९करिब साढे ७ अर्ब रुपैयाँबराबर विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ।

विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन। बाह्य बजारमा निर्यात पनि हुन सकेको छैन।

गत साउनबाट ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको थियो। अन्नपूर्ण पोस्ट

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button