No Image Headlineअन्तराष्ट्रिय

विश्व कोरोना अपडेट : २२ करोड संक्रमणमुक्त, २४ घण्टामा ४ लाख ४८ हजार थपिए

Thrill Factory
Rungta Group

विश्वभर कोरोनामुक्त हुनेको संख्या २२ करोड नाघेको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार २७३ जना संक्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या २२ करोड ४१ हजार २५६ पुगेको हो ।

कुल संक्रमितको संख्या २४ करोड २७ लाख ६५ हजार २९८ जनामध्ये हालसम्म ४९ लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ ।

यही अवधिमा ४ लाख ४८ हजार ८४७ जनामा संक्रमण पुष्टि भएको छ भने ७ हजार ४४८ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ९८२, रुसमा एक हजार २८, ब्राजिलमा ४०१, टर्कीमा २१४, बेलायतमा १७९ र भारतमा १६० जना छन् ।

थपिने संक्रमितमा अमेरिकामा ७८ हजार १०८, बेलायतमा ४९ हजार १३९, रुसमा ३४ हजार ७३, टर्कीम २९ हजार ७६०, भारतमा १८ हजार ३५९ र ब्राजिलमा १५ हजार ६१० जना रहेका छन् ।

गत २४ घण्टामा अमेरिका ८४ हजार ७५४, बेलायतमा ३६ हजार ८०२, टर्कीमा २८ हजार ८०३, रुसमा २५ हजार २३१, ब्राजिलको २२ हजार ८६७ र भारतमा १७ हजार ५६० जना निको भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button