बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले हालैका दिनमा प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिको विश्लेषण गर्दै राहत दिने निर्णय गरेको हो ।बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए