No Image Headlineअन्तराष्ट्रियस्वास्थ्य/जिवनशैली

विश्व कोरोना अपडेट : ४ लाख २८ हजार जना कोरोनामुक्त, ३ लाख ३४ हजार थपिए

Thrill Factory
Rungta Group

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार बेलायतमा ४९ हजार १५६, अमेरिकामा ४७ हजार १६९, रुसमा ३४ हजार ३२५, टर्कीमा २९ हजार २४०, भारतमा १२ हजार ३३८ र ब्राजिलमा ७ हजार ४४६ जना कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ४ लाख २८ हजार ३५ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै अमेरिकामा एक लाख ३९ हजार ६६९ जना संक्रमणमुक्त भएका हुन् । त्यसैगरी बेलायतमा ३८ हजार, टर्कीमा २६ हजार, भारतमा १९ हजार, ब्राजिलमा १८ हजार र रुसमा १६ हजार बढी एकैदिन निको भएका छन् ।

गत २४ घण्टामा ४ हजार ८११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसका ९९८, अमेरिकाका ६१८, टर्कीमा २१४ ब्राजिलमा १९७, भारतमा १६४ र बेलायतमा ४५ जना रहेका छन् ।

यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड १८ लाख ५८ हजार १५६ पुगेको छ । तीमध्ये २१ करोड ९१ लाख ७४ हजार ९९२ जना निको भइसकेका छन् भने ४९ लाख २० हजार १२८ जनाले ज्यान गुमाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button