देश

३९१ जनामा कोरोना संक्रमण, ६८० जना संक्रमणमुक्त

Thrill Factory
Rungta Group

आइतवार पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा कुल ६ हजार ९६६ जनाको पीसीआर परीक्षण गर्दा ३८५ जना र १ हजार १११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी ३९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आइतवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २९७ पुगेको छ ।

यसैगरी, आइतवार ६८० जना निको भएसँगै हालसम्म ७ लाख ८१ हजार ४५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button