
दसैंको टीका लगाएर घर फर्किने क्रममा सिन्धुलीको कमलामाई नगरपालिका ५ को लब्दाहखोलास्थित ९ युवाको समूहबाट बलात्कृत भएको भन्दै ३ जना किशोरीले उजुरी दिएका छन् ।
सिन्धुलीको कमालामाई नगरपालिकाका ३ जना किशोरीका परिवारले ती युवकहरुविरुद्ध उजुरी दिएका हुन् ।


किशोरीका आफन्तले प्रहरीमा दिएको किटानी जाहेरी अनुसार आफन्तकहाँ दसैं टीका लगाएर फर्किंदा शनिबार राति कमलामाई नगरपालिका ५ को लब्दाहखोला पुलमुनि ९ जना यूवाहरूको समूहले सामूहिक बलात्कार गरेका थिए ।
प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार सामूहिक बलात्कारमा संलग्न आरोपीमध्ये ३ जनालाई पक्राउ गरिएको छ । बाँकी ६ जना फरार छन् ।