दोलखाबाट काठमाडौं आउँदै गरेको बस लामोसाँघु जिरी सडक खण्डमा दुर्घटना भएको छ। बसको ब्रेक फेल भएर ६ किलो नजिकै बस दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा ३४ जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको हाल अस्पतालमा उपचार भइरहेको छ।