खबर फटाफटप्रदेश

कपिलवस्तुमा झाडापखाला : ८८५ जनामा संक्रमण, चार जनाको मृत्यु

Thrill Factory
Rungta Group

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं। ७, ८ र ९ मा झाडापखाला तथा बान्ताको प्रकोप देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती स्थानमा यही असोज १८ गतेदेखि प्रकोप सुरु भएको जानकारी दिएको छ ।

प्रकोप सुरु भएयता आजसम्म झाडापखाला तथा बान्ताबाट ८८५ जना संक्रमित भइसकेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक जना ४५ वर्षीय पुरुष, एक जना ७ वर्षीय बालक, एक जना ५ वर्षीया बालिका र एक जना दुई वर्षीय बालक रहेका छन् ।

स्थानिय शिवराज अस्पतालमा आज २५ जना झाडापखाला तथा बान्ताका बिरामी उपचाररत रहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताएका छन् ।

हालसम्म ८१९ जना झाडापखाला तथा बान्ताका बिरामी उपचार पश्चात निको भइ डिस्चार्ज भइसकेको उनले जनाए ।

‘प्रतिकार्यका लागि आवश्यक औषधि र स्वास्थ्य सामाग्रीहरु स्थानीय, प्रदेश, संघीय सरकार र विश्व स्वास्थ्य संगठन लगायतका साझेदार संघ संस्थाहरुको समन्वयमा व्यवस्थापन भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेलले भने, ‘हाल प्रकोप नियन्त्रणमा रहेको छ ।’

विश्व स्वास्थ्य संगठनको समन्वयमा बिभिन्न मितिहरुमा संकलन गरिएका दिसाका नमुनाहरू लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा ‘भाइब्रियो ०१ ओगावा’ हैजा देखिएको छ । प्रभावित क्षेत्रमा संकलन गरिएको खानेपानीका १५ नमुनामध्ये ९ वटामा इ।कोली देखापरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button