खबर फटाफटप्रदेश

ट्यांकर र गाडी ठोकिदा ३ जनाको मृत्यु

Thrill Factory
Rungta Group

बाराको नितनपुर चोक नजिक ट्यांकर र गाडी एक आपसमा ठोकिदा ३ जनाको मृत्यु भएको छ ।

नेपाली ट्यांकर ना ३ ख ७५९४ र विपरीत दिशाबाट आएको भारतिय बि.आर. ०६ कयु. ४१४१ नम्बरको कार एक आपसमा ठोकिदा गाडी सवार दुइजना र एक जना गाडी चालक गरि तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

कार चालक राजन सर्राफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुई जनाको भने विरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button