यस्तो पनि

भान्साको धारा खोल्दा मदिरा आएपछि…

सोमबार बिहान त्यहाँका मानिसहरुको भान्सामा धाराबाट अचानक मदिराको गन्ध आउने खैरो झोल बग्न थालेको थियो।त्यसपछि आश्चर्यचकित बनेका मानिसहरूले अधिकारीहरूसमक्ष आफ्ना गुनासो राखेका थिए। छानबिनको क्रममा उनीहरूले पानी तान्ने गरेको इनारको पानी दुर्घटनावश दूषित भएको बताएका छन् ।

इनार नजिकै अधिकारीहरूले जफत गरेको ६,००० लिटर मदिरा नष्ट गरेर पोखिएको र त्यहि कारणले मदिराको गन्ध आएको पत्ता लागेको छ ।

अदालतको आदेशपछि जफत गरिएको मदिरालाई नजिकै एउटा खाल्टोमा हालिएको थियो। तर त्यसपछि नजिकैको इनारमा पुग्न गएको अधिकारीहरुको भनाइ छ।

त्यहाँ रहेका इनारबाट केरलाको त्रिस्सूर जिल्लास्थित आवासीय भवनका १८ वटा फ्ल्याटमा पानी तान्ने गरिएको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button