स्वास्थ्य/जिवनशैली

यी हुन् चिन्ता हटाउने उपाय

Thrill Factory
Rungta Group

जस्तोसुकै समस्या आइपरे पनि नहतारिकन समस्यालाई चारैतिरबाट हेरेर सत्यतथ्य बुझ्नुपर्छ । जथाभावी भन्दै नहिँड्नुहोस् । आफूलाई केही समस्या परे विश्वास पात्रलाई पनि झट्ट भनी नहाल्नुहोस् । सुत्ने बेलामा चिन्ता नगर्नुहोस् । सोच्नुहोस् कि मेरो दिन फिर्दै आएको छ समय आएपछि सबै ठीक हुन्छ । मेरो भविष्य उज्जवल छ । मेरो समस्या त सामान्य रहेछ यति सानो समस्यालाई पनि किन ठूलो मान्ने भन्दै मनलाई बलियो पार्नुहोस् । मनमा सधैँ मधु सपना सँच्नुहोस् । पुराना गल्ती, कमीकमजोरीहरुलाई भुल्दै आगामी दिनमा यस्ता गल्ती गर्ने छैन भन्दै मनलाई दह्रो बनाउनुहोस् । अहमतालाई त्यागी दिनुहोस् । आफ्नो व्यक्तित्वको सही पहिचान गरी सोही अनुरुप जीवन जिउने कला सिक्नुहोस् । मन–मस्तिष्कलाई मजबुत बनाई कठिनभन्दा कठिन समस्यासँग डटेर मुकाबिला गर्नुहोस् । यसरी भविष्यप्रति आशावादी रहेर आत्मविश्वासका साथ अगाडि बढ्नुभयो भने तपाईंको वर्तमान जीवन चिन्तामुक्त हुनेछ ।

साभार : योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button