अन्तराष्ट्रिय

ताइवानको एक टावरमा आगलागी हुँदा ४६ जनाको मृत्यु

Thrill Factory
Rungta Group

ताइवानको एक १३ तले टावरको ब्लकमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ ।

ताइवानको दक्षिणमा पर्ने काओशुङ शहरको एक आवासीय र व्यावसायिक भवनमा आज बिहान आगलागी भएको हो ।

आगो निभाउन अग्नि नियन्त्रकहरुलाई चार घण्टा लागेको थियो । स्थानीय दमकल विभागलाई उद्धृत गर्दै ७९ जनालाई अस्पताल लगिएको बिबिसीले जनाएको छ ।

घाइतेमध्ये १४ को अवस्था गम्भिर रहेको बताइएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button