खबर फटाफटप्रदेश

मोटरसाइकलमा लागूऔषध ओसारपसार गर्ने चार जना पक्राउ

Thrill Factory
Rungta Group

रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर पोख्रेल, ललितपुरको गोदावरी नगरपालिका–१ प्रगतिनगरका २० वर्षीय मधुकर विश्वकर्मा, रुपन्देहीको गैडहवा गाउँपालिका–९ का ३४ वर्षीय दुर्गा राना र कञ्चन गाउँपालिका–२ का १६ वर्षीय अशोककुमार लोध रहेका छन्।

जिल्लाको तिलोत्तमा नगरपालिका–३ स्थित योगीकुटी शान्तिकुञ्जमा ग ७ प ६५१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक पोख्रेल र मोटरसाइकलमा सवार विश्वकर्माले झोलामा बोकेको नुफिन ३७ सिसी, फेनरागन ३७ सिसी, डाइजेपाम ३७ सिसी फेला पारी उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

त्यसैगरी, गैडहवा गाउँपालिका–८ स्थित कञ्चनपुरमा लु ३ प ३३९४ नम्बरको मोटरसाइकलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक राना र मोटरसाइकलमा सवार लोधको साथबाट नाइट्राभेट ८८ पिस र डाइजापाम ४८ पिस फेला पारी उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ गरिएका चार जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button