खबर फटाफटप्रदेश

प्रदेश–१ र वाग्मतीका केही स्थानमा हल्का वर्षा हुने

Thrill Factory
Rungta Group

प्रदेश नम्बर–१ र वाग्मती प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा छ । अहिले देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनानुसार आज दिउँसो प्रदेश–१, प्रदेश नम्बर–२, वाग्मती तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आज राति प्रदेश–१, प्रदेश–२, वाग्मती तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वाग्मतीका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button