अन्तराष्ट्रिय

अफगानिस्तानमा मानवीय सहायता आवश्यक : जी-ट्वान्टी

Thrill Factory
Rungta Group
अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको जी-ट्वान्टी सदस्य राष्ट्रका नेताहरुले जनाएका छन् ।

अफगानिस्तानका विषयमा भएको जी-२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताएका हुन् ।

उनले भने– हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ, मलाई लाग्छ यहाँको अवस्था अहिले नै नाजुक छ, यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ ।

इटालीले अफगानिस्तानको विषयलाई लिएर जी-२० का सदस्य राष्ट्रहरुको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जी-२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरु सहभागी थिए ।

अफगानिस्तानमा विद्रोह गरिरहेका तालिबानीहरुले गत महिना सत्ता हत्याएका थिए । त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका देशहरुले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन् ।

यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button