अन्तराष्ट्रिय
भारतमा थप १३ हजार १८६ जनामा संक्रमण
भारतमा पछिल्लो २४ घण्टामा १३ हजार १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख ८४ हजार ४७९ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा २ लाख २१ हजार ३७ जना सक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन १७७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ९९१ पुगेको छ ।