खबर फटाफटप्रदेश

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

Thrill Factory
Rungta Group

दशैँमा रमाइलो गर्न पिङ हाल्ने क्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–६, मान्डुमा लिंगेपिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो ।

पिङ हाल्ने क्रममा लडेर गम्भीर घाइते भएका लामाको उपचारका क्रममा हेटौंडा अस्पतालमा सोमबार राति मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पिङको लठ्ठा बाँध्ने क्रममा लामा खसेका थिए । लडेर गम्भीर घाइते भएका लामालाई हेटौंडा अस्पतालमा लगिए पनि बचाउन नसकिएको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button