No Image Headlineखबर फटाफटदेश

ट्राफिक प्रहरीले भन्यो : क्षमताभन्दा बढी यात्रु बोकेका सवारी साधनमा यात्रा नगर्नू

Thrill Factory
Rungta Group

ट्राफिक प्रहरीले क्षमता बढी यात्रु बोकेका सवारी साधनमा यात्रा नगर्न अनुरोध गरेको छ ।

आसन्न बडादशैंको पूर्वसन्ध्यामा प्रहरीले दशैं मनाउन सहरबाट गाउँ वा गाउँबाट सहर जानेहरूलाई क्षमताभन्दा धेरै यात्रु बोेकेका सार्वजनिक सवारीसाधनमा यात्रा नगर्न अनुरोध गरेको हो ।

क्षमताभन्दा बढी यात्रु राख्ने, उभिएर यात्रा गर्ने, जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने स्थितिमा दुर्घटना र कोरोना संक्रमणको जोखिम हुने भन्दै प्रहरीले सर्वसाधारणमा सचेत रहन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

महानगरिय ट्राफिक प्रहरी प्रवक्ता सञ्जिब शर्मा दासले आफ्नो सुरक्षाको लागि आफैं सचेत हुन र दुर्घटनाबाट जोगिन सबैमा अनुरोध गरेका छन् ।

उनका अनुसार यातायात व्यवसायीहरुलाई सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु नराख्न सचेत गराइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button