No Image Headlineखबर फटाफटदेश

थपिए ७९२ जना कोरोना संक्रमित, ९१० जना संक्रमण मुक्त

Thrill Factory
Rungta Group

पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६० पीसीआर परीक्षण गर्दा ६९१ जना र २ हजार ५५९ एन्टिजेन परीक्षण गर्दा १०१ गरी कुल ७९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।

यसैगरी, मंगलवार ९१० जना निको भएसँगै हालसम्म ७ लाख ७७ हजार ७४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button