No Image Headlineप्रदेश

मुगु बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २८ पुग्यो

Thrill Factory
Rungta Group

मुगुमा बस दूर्घटनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भे १ ख ३१६७ नम्बरको बस मंगलवार दिउँसो एक बजेतिर दूर्घटनामा परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । बसमा ३९ यात्रु सवार थिए ।

घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । उद्धारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारमा खटिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button