खबर फटाफटप्रदेश

मोतिपुर घटनाः प्रदेश सरकारले मृतकका परिवारलाई एक एकलाख राहत दिने

Thrill Factory
Rungta Group

लुम्बिनी प्रदेश सरकारले आइतबार बुटवलको मोतिपुरमा भएको घटनामा परि मृत्यु भएका परिवारलाई एक एक लाख रुपियाँ राहत प्रदान गर्ने भएको छ।

मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवलको मोतिपुरका वास्तविक सुकम्बासीको समस्या समाधान गर्न सुझाव कार्यदल गठन गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएका छन्।

सोमबार बसेको प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले घटनाका मृतकका परिवारलाई प्रतिव्यक्ति एक, एक लाख राहत प्रदान गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गरेका छन्।

सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपन्देहीका प्रतिनिधि, नापी कार्यालय रुपन्देहीका प्रतिनिधि, औद्योगिक ग्राम रुपन्देहीका प्रतिनिधि र भूमिहिन तर्फबाट एकजना प्रतिनिधि रहने गरी कार्यदल बनाउने सहमतिसमेत भएको छ।

यसैगरी प्रदेश सरकारबाट मोतिपुर घटनाका मृतकहरुमा समवेदना व्यक्त गर्ने, घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णयसमेत भएको छ।

बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले घटना सम्वेदनशील भएको बताउँदै आगामी दिनमा थप सतर्क हुन र सबैलाई सम्वेदनशील बन्नका लागि अनुरोध गर्दै आगामी दिनमा यस्ता घटना हुन नदिन सचेत बन्नुपर्ने बताए।

आइतबार बुटवलको मोतिपुर क्षेत्रमा भएको घटनामा चारजनाको मृत्यु भएको छ। बुटवलको मोतीपुरमा झडपमा परी मृत्यु भएका चारमध्ये तीन जनाको पहिचान खुलेको छ।

सोमबार सनाखत भएकामध्ये रुपन्देहीको शुद्धोधन ५ का वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी बर्दघाटका युजन कुमाल रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकमध्ये एकजनाको भने अझै परिचय खुल्न सकेको छैन। आइतबार मृत्यु भएका चार जनामध्ये कपिलवस्तु बाणगंगा १० का ४८ वर्षिय रमेश परियारको पहिचान आइतबार नै भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button