No Image Headlineदेश

बडादसैँको चहलपहल बढ्दै : गाउँ भरिँदै, सहर रित्तिँदै

Thrill Factory
Rungta Group

हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँको आगमनसँगै पोखरा र आसपासका क्षेत्रमा चहलपहल बढेको छ । केही दिनदेखि दसैँ मनाउन घर जानेहरुको लर्को लागेसँगै शहर बजारमा दसैँको किनमेल गर्नेको घुइँचो लागेको छ । बिस्तारै शहर, बजार रित्तिँदै (चाप घट्दै) गएको छ भने गाउँ   भरिँदै छन् ।

कामको सिलसिलामा देश विदेशमा रहेकाहरु दसैँका लागि गाउँघर फर्कने गर्दछन् । वर्षभरि सुनसानजस्तो रहने गाउँघर दसैँको आगमनसँगै चहलपहलमा डुबेका छन् । गाउँघरमा उजाडिएका बस्तीहरु रङरोगन गरेर दसैँको आगमनसँगै चिटिक्क पारिएका छन् । टोलटोलमा बनाइएका लठ्ठेपिङमा हुलका हुल युवायुवतीदेखि बालबच्चासम्म तँछाडमछाड गरिरहेका भेटिन्छन् ।

रोजगारीको खोजीमा गाउँ छोड्नुपर्ने बाध्यता भए पनि दसैँ–तिहारजस्ता चाडपर्वले वर्षमा एकदुई पटक परिवारका सदस्यबीच जमघट गराउने गरेको कास्की निर्मल पोखरीका विकास भण्डारी बताउँछन् । ‘पछिल्लो समय अधिकांश गाउँका युवा रोजगारी र अध्ययनका लागि शहर बजार र विदेश गएकाले गाउँघरमा वृद्धवृद्धाबाहेक कोही छैनन्,’ उनले भने, ‘बुढापाकाहरु दसैँ कहिले आउँला र आफ्ना छोराछोरी फर्किएलान् भनेर बाटो हेरिरहेका हुन्छन् ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button