खबर फटाफट

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री बन्दै, आजै शपथ

Thrill Factory
Rungta Group

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा मन्त्री बन्दै छन् । विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने स्रोतले जानकारी दिएको छ ।

संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामै रहँदा उनलाई मन्त्री बनाउने निर्णय गरिएको हो । देउवा एक कार्यक्रमको सिलसिलामा आइतबार पोखरा आएका थिए । गण्डकीमा कांग्रेस नेतृत्वको सरकार छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button