खबर फटाफटप्रदेश

झापामा मासु व्यवसायीको हत्या

झापाको बिर्तामोडमा एक जनाको हत्या भएको छ। बिर्तामोड-५ स्थित महानन्द चोकमा मासु पसल गर्दै आएका अर्जुनधारा-६ का अन्दाजी ५० वर्षीय इन्द्रबहादुर मगरको गए राति हत्या भएको हो।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार उनको मासु पसलभित्रै हत्या भएको हो। उनको गर्धनमा धारिलो हरियारको चोट रहेको आचार्यले बताए।

शरिरको अन्य भागमा पनि चोट छ। घटनाबारे जानकारी पाउनसाथ राति १० बजे नै प्रहरी घटना स्थलमा पुगेको थियो। शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। हत्यामा संलग्नको खोजी भइरहेको आचार्यले जानकारी दिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button