खबर फटाफटप्रदेश

बुटवलमा दोस्रो दिन पनि कर्फ्यू

Thrill Factory
Rungta Group

प्रहरी र सुकुम्बासीबीचको झडपमा चार जनाको मृत्यु भएको बुटवलमा दोस्रो दिन पनि कर्फ्यू जारी रहेको छ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले अर्को आदेश नभएसम्मका लागि आइतबार अपराह्नदेखि कर्फ्यू जारी गरेको थियो। आइतबार अपराह्न ४ बजेदेखि लागू भएको कर्फ्यू आज पनि जारी रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराज तिवारीले जनाएका छन्।

बुटवल उपमहानगरपालिका वडा नंं १७ र १८ तथा आसपासको क्षेत्रमा कर्फ्यू जारी रहेको हो। पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज र दक्षिणमा धन्दापुर सौरहियासम्म कर्फ्यू लगाइएको छ।

निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा बसेका सुकुम्बासीलाई हटाउने क्रममा आइतबार झडप भएको थियो। झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो।

झडपमा प्रहरी र सुकुम्बासी गरी ५० जना घाइते भएका थिए। उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button