देश
३० जना सहसचिवको सरुवा : को कहाँ ?

सरकारले ३० जना सहसचिवको सरुवा गरेको छ । विभिन्न सेवा ३० जना सहसचिवको सरुवा गरिएको हो ।



सुनीता नेपाल, रमेश न्यौपाने, भोजराज खतिवडा, पिताम्बर घिमिरे, शिवराम गेलाल, होमपसाद लुइँटेल, योगेन्द्रप्रसाद पाण्डे, कोषहरि निरौला, कमलराज ढकाल, ज्ञानप्रसाद ढकाल, दीपक घिमिरेको सरकारले सरुवा गरेको छ ।



त्यतिबेला नेपाल शिक्षा सेवा ४, नेपाल कृषि सेवा १३, नेपाल इन्जिनियरिङ सेवा ९, जना वन सेवा ५ र नेपाल प्रशासन सेवा ५४ गरी ८५ जना सहसचिवको सरुवा भएको थियो ।



त्यतिबेला त्रुटि भएका र थप नयाँ गरी ३० जना सहसचिवहरूको अहिले सरुवा गरिएको हो । सूची मिलाउने क्रममा कतिपय दरबन्दी नै नभएको र कतिपय नमिलेको देखिएको थियो । नयाँ मन्त्रीहरु नियुक्त भएपछि कर्मचारीको सरुवा अझै हुने सम्भावना छ ।