No Image Headlineप्रदेश

लुम्बिनीका मुख्यमन्त्रीले विस्तार गरे गठबन्धन सरकार

Thrill Factory
Rungta Group

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले सुरेन्द्र हमाल, बसिउद्धिन खाँ र वीरबहादुर रानालाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन् ।

बाँकेका हमाल वन, वातावरण तथा भूसंरक्षण र रुपन्देहीका खाँ विज्ञान तथा खेलकुदमन्त्री र पाल्पाका राना ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बन्ने भएका छन् । उनीहरू कांग्रेसबाट मन्त्री भएका हुन् । उनीहरूको शपथ ग्रहण आजै तीन बजे हुने भएको छ ।

मुख्यमन्त्री केसीले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए । केन्द्रमा गठबन्धन सरकार भएकोले प्रदेशमा पनि गठबन्धन सरकार बनाइएको हो ।

यसअघि कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामिण तथा शहरी विकासमन्त्री भएका थिए । यस्तै, माओवादी केन्द्रले पनि इन्द्रजीत थारु र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउने भएको छ ।

नेकपा विघटनपछि माओवादी भएकी विमलाकुमार खत्री राज्यमन्त्री हुने निश्चित भएको छ । नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकै रमा घर्ती पनि मन्त्री बन्दै छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button