खबर फटाफटप्रदेशमुख्य खबर

रुपन्देहीको मोतीपुरमा गोली चल्यो, केही स्थानीय घाइते

Thrill Factory
Rungta Group

रुपन्देहीको मोतीपुरमा सुकुम्बासी भनेर जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयहरुमाथि प्रहरीले गोली चलाएको छ। दैनिक रुपमा सयौं नागरिकहरु मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयहरुमाथि केहि बेरअघि प्रहरीले गोली चलाएर भिड तिरवितर पारेको हो।

स्थानीयहरुले ढुंगा मुढाले प्रतिकार गरेका छन्। प्रहरीको गोली लागेर केही स्थानीयहरु घाइते भएको बताइएको छ। अहिले घटनास्थल तनावग्रस्त बनेको छ।

प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको हो। झडपमा परी दुई जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गरी दुई राउण्ड गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको आरोप छ।

उक्त क्षेत्रमा मोतीपुर औद्योगिक क्षेत्र स्थापनाका लागि गत चैतमा शिलान्याश भएको थियो। शिलान्यासका बेला पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि स्थानीयले ढुंगा प्रहार गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button