अर्थखबर फटाफटप्रदेश

वीउवासंघका अध्यक्ष डा. सुवोधकुमार गुप्ता सम्मानित

Thrill Factory
Rungta Group

राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणी र क्रियाशील पत्रकार मञ्च पर्साले संयुक्त रुपमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्तालाई सम्मान गरेको गरेको छ ।

अन्तराष्ट्रिय स्तरको युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा “प्रोफेसनल डक्टरल सर्टिफिकेट”बाट सम्मानित हुनु भएकोमा गुप्तालाई सम्मान गरिएको हो ।

डा. गुप्तालाई मञ्चका तर्फबाट नारायणी संयोजक नन्दकिशोर गोयल र प्रणय कुमारले दोसल्ला, ढाका टोपी र सम्मान पत्र सहित सम्मान गरेको हो ।

सम्मान ग्रहण गरेपछि गुप्ताले आफूले पाएको उपलब्धि व्यक्तिगत नभई वीरगञ्जवासी र सम्पूर्ण नेपालीहरुको लागि भएको बताउँदै यो सम्मानले आफूलाई ठूलो जिम्मेवारी थपिएको बताए

नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव श्याम बञ्जाराले अहिलेसम्म जति पनि नेतृत्व रहेको त्यसमध्ये वीरगञ्ज उद्योग वाणिज्य संघको अहिलेको नेतृत्व क्रियाशील रहेको बताए ।

मञ्चका अध्यक्ष नन्दकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टिका पोखरेल, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल पटावरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको समापन र धन्यवाद ज्ञापन मञ्चका प्रणय कुमारले गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button