खेल संसार

साफ फुटबलमा आज नेपाल र भारत आमनेसामने हुँदै

Thrill Factory
Rungta Group

साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच ‍ प्रतिस्पर्धा हुँदैछ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले दक्षिण एसियाली ‘पावर हाउस’ मानिने भारतको सामाना गर्दैछ । राति ९:४५ हुने खेलमा नेपालले जिते सीधै फाइनल यात्रा तय हुनेछ । तर फाइनलमा स्थान तय गर्न भारतलाई भने बाँकी खेल जित्नै पर्ने दबाब छ ।

सात पटकको च्याम्पियन भारतलाई हराउन सहज नभए पनि शुरूवाती दुई खेल जितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रदैछ । भारतकाविरूद्ध जित्नकै लागि खेल्ने भन्दै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलाडीलाई ढाडस दिएका छन् ।

२ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपाल भारतसँग यसअघिका खेलमा कमजोर देखिएको छ । तथापि जारी साफमा २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले भारतविरूद्ध नेपाल हावी हुन सक्ने पनि ठानिएको छ ।

यसअघिका भारतसँगका २१ खेलमा नेपाल १४ मा हार, ५ मा जित र २ खेल बराबरीमा सकिएका थिए ।

साफकै तयारी स्वरूप भएका दुई खेलमा पनि नेपाल एकमा पराजित र एक खेलमा बराबरीमा रोकिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button