अन्तराष्ट्रिय

अफगानिस्तान आत्मघाती हमलामा कम्तीमा ५० जनाको मृत्यु

Thrill Factory
Rungta Group

अफगानिस्तानको उत्तरी क्षेत्र कुन्दुजमा रहेको एक मस्जिदमा आत्मघाती हमला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

प्रार्थनाको समयमा भएको उक्त आक्रमणमा एक सयजना भन्दा बढी घाइते भएकाले मृतक संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । त्यहाँ इस्लामिक स्टेटसहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेको बीबीसीले उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button