खबर फटाफटदेश

७६४ जनामा कोरोना संक्रमण , १० जनाको मृत्यु

Thrill Factory
Rungta Group

पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ४६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा गरी कुल ७६४ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ पुगेको छ । यसैगरी, शुक्रवार १ हजार ३३ जना निको भएसँगै हालसम्म ७ लाख ७४ हजार १७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button