No Image Headlineअर्थप्रदेश

स्वराजले ल्यायो ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर, चाडवाडको अवसरमा आकर्षक उपहार पनि

Thrill Factory
Rungta Group

पोखरा- नेपाली बजारमा स्वराज कम्पनीको ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर भित्रिएको छ । चाडवाडको अवसरमा आकर्षक उपहार योजनासहित स्वराजले सो मोडेल लन्च गरेको हो ।

स्वराज ट्रयाक्टरको आधिकारिक बितरक ओम्नी अटो मोबाइलले गण्डकी प्रदेशको पोखरामा शुक्रबार आयोजना गरेको एक समारोहबीच सो ट्रयाक्टर लन्च गरेको हो ।

स्वराजका नेपाल प्रमुख मनोज दल्भी, ओम्नी अटोमोबाइलका प्रबन्ध निर्देशक सन्दीप मोहता र ट्रयाक्टर एसोसिएसन, पोखराका अध्यक्ष प्रेमबहादुर थापाले ट्रयाक्टर लन्चको औपचारिक शुरुआत गरेका थिए ।

स्वराजले यसअघि पनि नेपालमा विभिन्न मोडेलका ट्रयाक्टर बिक्री गर्दै आएको थियो । कम्पनीले फोर ह्विल ट्रयाक्टर पहिलो पटक भित्र्याएको ओम्नी अटो मोबाइलका प्रबन्ध निर्देशक मोहताले बताए । नेपालको पहाडी भूभागमा यो मोडेलको ट्रयाक्टर उपयोगी हुने मोहताको दाबी छ ।

१०० जनाभन्दा बढी ग्राहकको सहभागिता रहेको कार्यक्रमकै अवसरमा ५ जनाले ट्रयाक्टर खरीद गरेका छन् । उनीहरूलाई सोही समारोहमा ट्रयाक्टरको साँचो हस्तान्तरण गरिएको थियो ।

कम्पनीले चाडपर्वको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक योजनाहरू ल्याएको बताएको छ ।

५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३२ इन्चको रंगिन टेलिभिजन, फ्रिजलगायतका उपहार योजना पनि राखिएको कम्पनीले बताएको छ । कम्पनीका सबै प्रकारका मोडेलमा ६ वर्षसम्मको वारेन्टी दिइएको र यो अन्य कम्पनीहरुको भन्दा बढी भएको बताइएको छ ।

सबै प्रकारका पाजपूर्जाको उपलब्धता रहने पनि कम्पनीले जानकारी दियो । कार्यक्रममा सेल्स मेनेजर हरजित सिंहले कम्पनीको नेटवर्क र प्रदान गर्ने सेवाका बारेमा जानकारी गराएका थिए ।

स्वराजका बिक्री प्रबन्धक अभयकान्त मिश्रले ६५ हर्सपावर रेन्जमा यो मोडेलको विशेषता, उपयोगिता र प्रयोगका फाईदाका बारेमा ग्राहकलाई जानकारी दिए । अन्य ट्रयाक्टरको तुलनामा यो ट्रयाक्टरको तान्ने क्षमता १५ प्रतिशत बढी भएको पनि मिश्रले बताए ।

इन्धन कम खपत गर्ने यो ट्रयाक्टर जोताई र लोडर तथा डोजर बनाएर व्यावसायिक प्रयोजनका लागि पनि उपयोगी हुने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button