No Image Headlineअर्थ
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७४ हजार ४०० जनाले पाए शेयर

काठमाडौं – बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट भएको छ ।



विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार ७४ हजार ४०० जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।



कम्पनीको आईपीओमा २० लाख ३० हजार ९५५ जना आवेदकले २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएकोे छ ।



बाँकी योग्य २० लाख १४ हजार ९२२ जना आवेदकमध्ये गोलाप्रथाद्वारा ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर पाएका हुन् । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले कुल कित्तामध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचाराहरुको लागि, ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो ।