खबर फटाफटप्रदेश

भाषा संस्कृति संरक्षणमा वीरगञ्ज पहिलो महानगर : सरावगी

Thrill Factory
Rungta Group

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले स्थानीय भाषा, संस्कृति संरक्षण र सम्बद्र्धनमा पनि वीरगन्ज महानगरपालिका पहिलो स्थानीय तह रहेको बताएका छन् ।

भोजपुरी प्रतिष्ठानको कार्यालय उ्दघान गर्दै महानगर प्रमुख सरावगीले स्थानीय सकारले गर्नुपर्ने प्राथामिकताका कामहरुमध्ये स्थानीय भाषा र संस्कृति संरक्षणका लागि भोजपुरी प्रतिष्ठान गठन गरेको पहिलो स्थानीय तह वीरगन्ज महानगर भएको बताएका हुन् ।

उनले कुनै पनि स्थानीय तहको विकासमा त्यहाँको भाषा, संस्कृति र समुदाय नै भएकाले अधिकांश स्थानीय तहको बोलीचालीको भाषा भोजपुरीको अझ बढी विकास र सम्वद्र्धनका लागि वीरगन्ज महानगरपालिकाले भोजपुरी प्रतिष्ठान गठन गरेको बताए ।

अहिले तयारी भइरहेको जनगणनामा आपूmले स्थानीय स्तरमा बोलिने भाषाको आधारमा भोजपुरी भाषा नै प्रमुख भाषा उल्लेख गर्ने बताउदै भोजपुरी भाषा, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासका लागि प्रतिष्ठानले काम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका लागि भवन शिलान्यास भइसकेको बताउदै उनले भवन निर्माणका लागि महानगरपालिकाले बजेट पनि विनियोजन गरेको बताए ।
भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष राजकिशोर गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पर्सा अध्यक्ष अनुप तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा भोजपुरी प्रतिष्ठानमा मोनित कार्यकारिणीसभाका सदस्यलाई मनोनित पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार रितेश त्रिपाठीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button