देशमुख्य खबर

सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै : पाउला त मन्त्रिपरिषद्ले पूर्णता ?

Thrill Factory
Rungta Group

काठमाडौं – मन्त्रिपरिषद् विस्तार अघि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।

वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४ ४ मन्त्रालय लिने सहमति भएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एकएक राज्यमन्त्री पनि पाउने छन् ।

माओवादीले तीन मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीका नेता विरोध खतिवडाका अनुसार शीर्ष नेताहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले मन्त्रीको नाम दिन सक्नेछन् । नेताहरुले सम्भवत ः आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button