
वीरगञ्ज- ६६ औं प्रहरी दिवस २०७८ को उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय पर्साले पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको प्रमुख आतिथ्यता र जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य महासंघ पर्सा र पत्रकार महासंघका केन्द्रीय, प्रदेश तथा जिल्लास्तरीय पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्रका अध्यक्षहरू, प्रहरीका सहयोगी संस्थाका प्रतिनिधिको सहभागितामा कार्यक्रम भएको थियो ।


कार्यक्रममा उद्योगी, व्यावसायी र समाजसेवी, अमर प्रहरी परिवारका सदस्यहरू एवम् पूर्वप्रहरी कर्मचारीको आतिथ्यतामा सम्पन्न भएको प्रहरीले बताएको छ ।
कोभिड नियन्त्रण तथा प्रहरी कार्यमा सहयोग पुर्याउनेहरुलाई प्रशंसापत्र वितरण गरेको थियो । उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार र प्रहरी दिवसको अवसरमा आयोजित अन्तरईकाइ भलिबल प्रतियोगिताको विजयी टिमलाई प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यक्रमका सहभागीलाई पर्साका प्रहरी उपरिक्षक वेल बहादुर पाण्डेले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा डीएसपी ओमप्रकाश खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।