No Image Headlineअर्थमुख्य खबर

भन्सार कर्मचारीको मिलेमतोमै हुन्छ तस्करी : भन्सारले कम मूल्यांकनमा छोडेको चकलेट प्रहरीले समात्यो

Thrill Factory
Rungta Group

वीरगञ्ज-मुलुककै मुख्य भन्सार वीरगञ्जबाट त्यहाँका कर्मचारीको मिलेमतोमै संस्थागत तस्करी भइरहेको पोल खुलेको छ ।

पर्सामा भन्सारका कर्मचारीको मिलेमतोमा कम मूल्यांकनमा छोडिएको चकलेट प्रहरीले बरामद गरी कारवाहीका लागि राजस्व अनुसन्धानमा बुझाएको हो ।

चकलेट लोड भएको एउटा टक नियन्त्रणमा लिई बुधबार राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

एमपी ०७ एचबी १३६२ नम्बरको मालवाहक ट्रकसहित चकलेट कारवाहीका लागि बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रकमा लोड रहेको मालमानहरुको तौल र मोल फरक पारी ब्राण्ड उल्लेख नगरी भन्सार कर्मचारीसंग मिलेमतोमा सुगर ललिपपको नाममा कम मूल्याङ्कनको प्रज्ञापत्र बनाएको फेला परेको दाबी प्रहरीले गरेको छ ।

ट्रक चालक भारत मध्य प्रदेश ग्वालीयरका जबर सिंह पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो ।

सामान तथा ट्रकको मूल्यांकन ७३ लाख गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ । भन्सारले सो चकलेटको मूल्यांकन ३ लाख गरेर छोडेको प्रहरीले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button