खबर फटाफटप्रदेश

वीरगञ्जबाट हराएकी बालिका भारतको राजधानीमा भेटिइन्

Thrill Factory
Rungta Group

वीरगञ्ञ–झण्डै तीन महिना अघि वीरगञ्जबाट हराएकी ११ वर्षिया बालिका भारतको राजधानी नयाँ दिल्लीमा फेला परेकी छिन् ।

वीरगञ्ज १५ लक्ष्मणवाकी सरिता कुमारी (नाम परिवर्तन) जुलाई १३ तारेखमा दिल्ली पुगेकी थिइन् । वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलबाट रेल चढेर उनी दिल्ली पुगेकी थिइन् ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । उद्दारमा सक्रिय संस्था आफन्त नेपाल तथा भारतीय महावाणिज्य दूतावासका अधिकारीहरूले यसबारेमा जानकारी गराएका थिए ।

आफन्त नेपाल–भारत प्रमुख नवीन जोशीले भारतीय प्रहरीले जुलाई १३ तारेखमा बालिकालाई दिल्लीको रेल्वे स्टेशनमा बेवारिशे अवस्थामा फेला पारेको बताए । प्रहरीले उनलाई भारतीय चाइल्ड लाइन संस्थाको जिम्मा लगाएको थियो ।

चाइल्ड लाइनले दिल्लीकै अनाथ तथा बेवारिशे बालबालिकाको आश्रयस्थल चाइल्ड वेलफेयर कमिटीको कार्यालयको जिम्मा लगाएको थियो ।

बालिकाको घरफिर्तीका लागि करीब ३ महिनाको प्रयास पछि उनी फर्किएकी छन् । नेपाल सरकार, काठमाडौंस्थित भारतीय दूतावास, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास र नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा बालिकालाई स्वदेश ल्याउन सकिएको उनले बताए ।

बालिकाले शुरुमा आफ्नो नाम ठेगाना स्पष्ट नबताएकाले फिर्ता ल्याउन समस्या भएको थियो । बालिका अझै पनि खुलेर बोल्न सक्दिनन् ।

उनी वीरगञ्जबाट अटो चढेर भारतीय सहर रक्सौल पुगेकी थिइन् । रक्सौलबाट दिल्ली आउने रेलमा टिकट नकाटी चढेकी उनी भोलिपल्ट दिल्ली पुगेको उद्दारमा संलग्न संस्थाले बताएको छ ।

पत्रकार सम्मेलनमा भारतीय महावाणिज्यदूत नितेश कुमारले नेपाल र भारतीय प्रहरी तथा संस्थाको संयुक्त प्रयासले बालिकाको स्वदेश फिर्ती सम्भव भएको बताए । दुतावासका कन्सुलर शैलेन्द्र कुमारले बालिकाको जानकारी आएपछि तत्कालै स्वदेश फिर्तीका लागि सहजीकरण थालेको बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button