खबर फटाफटप्रदेश

वीरगञ्जमा नेपाल राष्ट्रिय बंगाली समाज गठन

Thrill Factory
Rungta Group

वीरगञ्ज-वीरगञ्जमा बसोवास गर्ने बंगालीभाषी नेपालीहरुको एउटा भेलाबाट नेपाल राष्ट्रिय बंगाली समाज गठन भएको छ । नेपाल राष्ट्रिय बंगाली समाज, पर्साको तदर्थ समिति गठन भएको हो ।

व्यवसायी संदीप बेनर्जीको अध्यक्षतामा गठन भएको समितको उपाध्यक्ष कुशल गोहो ठाकुर, र कल्पना दास, सचिव दिलिप राउत र कोषाध्यक्ष रेणु राउत रहेका छन् ।

सदस्यहरुमा मिहिरचन्द्र अधिकारी, डा. गोबिन्दकुमार साह, मोहनकुमार मण्डल, कृष्णकुमार दास, अमरदीप सरकार, रुद्र हल्दर, सुमना बेनर्जी र निलोय मजमुदार रहेका छन् ।

समाजका केन्दीय अध्यक्ष पार्थो सरकारको प्रमुख आतिथ्य र प्रदेश २ संयोजक बिमलचन्द सरकारको अध्यक्षतामा बसेको भेलाबाट समिति गठन भएको समितिका सचिव डा. चन्दन बेनर्जीले जानकारी दिए ।

नेपालमा लखौंको संख्यामा बंगालीभाषीहरु पुस्तौंदेखि बसोवास गरे पनि संगठित नभएको कारण बेग्लै पहिचान स्थापित हुन नसकेको केन्द्रीय अध्यक्ष सरकारले बताए ।

राष्ट्रिय जनगणना २०७८ मा आफ्नो थरमात्र उल्लेख नगरेर समुदायको रुपमा बंगाली लेख्न आफुहरुले नेपाली बंगालीहरुलाई अह्वान गरेको उनले जनाए ।

संगठित भएपछि अल्पसंख्यको रुपमा आफूहरुको पहचिान, भाषा र संस्कृतिको जगेर्नामा मद्दत मिल्ने बैठकका सहभागिहरुले बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button