No Image Headlineखबर फटाफटप्रदेश

कोभिड महामारीमा सामुदायिक रेडियोको भूमिका प्रशंसनीय : नगर प्रमुख सरावगी

Thrill Factory
Rungta Group

वीरगञ्ज, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले कोरोना महामारी विपदमा सामुदायिक रेडियोले खेलेको भूमिका अतुलनीय रहेको बताएका छन् ।

सामुदायिक रेडियोहरुको दक्षिण एशिया क्षेत्रको संगठन (अमार्क) को सहयोगमा नारायणी एफ.एम. १०३.८ मेगाहर्जले बुधबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सरावगीले यस्तो बताएका हुन् ।

महामारीको संकटमा सञ्चार गृह संचालनमा निकै चुनौती रहेको भएपनि विपदमा सञ्चार माध्यमहरुले खेलेको भूमिका प्रशंसायोग्य रहेको उनले बताए ।

व्यावसायिक रेडियो र सामुदायिक रेडियोमा खासै भिन्नता नरहे पनि सामुदायिक रेडियोले सामाजिक दायित्वलाई बुझेर काम गर्नु निकै स्वागतयोग्य रहेको नगर प्रमुख सरावगीको भनाइ छ ।

कोभिड महामारीमा संघ सरकार र प्रदेश सरकारले गर्न नसकेको काम स्थानीय सरकारको हैसियतले वीरगन्ज महानगरपालिकाले गरेको दाबी गर्दै उनले सञ्चारक्षेत्रको भूमिकाले नै विपद्को व्यावस्थापन सहज भएको बताए ।

कोरोना संक्रमणको पहिलो र दोश्रो लहरमा पनि हटस्पट बनेको वीरगञ्जमा समुदायलाई जोड्ने काममा सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको सरावगीले बताए । सञ्चारकर्मीहरु आफै संक्रमित भएर पनि नागरिकलाई सूचना दिने सवालमा जिम्मेवारीपूर्ण ढंगबाट प्रस्तुत भएको उनले उल्लेख गरे ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराव)का निवर्तमान महासचिव गोविन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश महासचिव श्याम बञ्जारा, अकोराबकी प्रदेश सदस्य उपासना देव, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा महोत्तरीदेखि पर्सासम्मका सामुदायिक रेडियोका अध्यक्ष तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसैबीच नगर प्रमुखसरावगीले सूचना प्रविधि प्रयोगशालाको उदघाटन गरेका छन् ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि महानगरपालिकाद्वारा माईस्थान बाल बिद्या मन्दिर ईन्दु लाखे आधारभूत विद्यालयमा निर्माण गरिएको सूचना प्रविधि प्रयोगशाला (आईसीटी ल्याब) को बुधबार उदघाटन भएको हो ।
आईसीटी ल्याबको उदघाटन गर्दै उनले सूचना प्रविधिको विकासले विद्यार्थीहरुमा अतिरिक्त शिक्षा र सीपको विकासमा सहयोग पुग्ने बताए ।

महानगर प्रमुख सरावगीले प्रदेश सरकारको ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियान अन्तर्गतको साइकल वितरण कार्यक्रममा सहभागी भएर साईकल वितरण पनि गरे ।

कार्यक्रममा जनता समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमदलगायतको उपस्थिति रहेको थियो ।

सरावगी सिद्धार्थ माविले कक्षा ११ का विधार्थीहरुको स्वागत कार्यक्रममा सहभागी भए । सरावगीले लामो समयको प्रयासपछि सिद्धार्थ माध्यामिक विद्यालयमा प्लस टु अध्यापन शुरु भएकोमा खुशी व्यक्त गरे ।

आपूm विद्यालय व्यावस्थापन समितिको अध्यक्ष हुँदादेखि नै कक्षा १२ सम्म संचालन गर्ने तयारी गरेकोमा महानगर प्रमुख भएपछि आफैले कक्षा ११ को पहिलो समूहलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button