यस्तो पनि

विश्वकै सबैभन्दा ठूलो मरुभूमिमा बरफको आश्चर्यलाग्दो पहाड

Thrill Factory
Rungta Group

बरफको पहाड कुनै नयाँ कुरा होइन । तर इजिप्टको मरुभूमिमा यसलाई वास्तवमै आश्चर्यजनक मान्न सकिन्छ ।

विश्वको सबैभन्दा ठूलो मरुभूमि शाहाराको बिचमा रहेको सेतो हिमालको दृश्य एकदम दुर्लभ अनुभव गर्न पाइन्छ । मध्य पूर्वी मुलुकहरुमा पानीसमेत कमै पर्ने गर्दछ भने हिउँ त कल्पना गर्न नसकिने अवस्था हो । तर, वास्तवमा उत्तरतर्फको सुएज क्यानलमा पर्ने पोर्ट फोआदमा जारी ‘साल्ट प्रोसेसिङ’ नुनको कमका कारण उत्पति भएको हो जुन यतिबेला पर्यटकहरुका लागि आकर्षक गन्तव्य बन्न पुगेको छ ।

फोटोग्राफर मोहोम्मद वार्डेनीले सीएनएनलाई बताए अनुसार स्वेज क्यानलबाट सल्ट सिटीसम्म पानीजहाजमा सवार भइ त्यो सेतो पहाडमा पुग्न सकिन्छ । शुद्ध र चम्किलो सेतो रङले त्यो नुनको पहाडलाई नर्थ पोलको बरफिलो पहाड सरह देखाउने वार्डेनीले बताए ।

त्यसमा एक मात्र फरक भनेको चिसो तापमान चाहिँ छैन । तरपनि यसका अन्य आकर्षक पक्ष रहेको बताइएको छ । जस्तै नुनमा विभिन्न लाभकारी गुण भएको र त्यसमा बस्नुले नकारात्मक ऊर्जाबाट मुक्त दिलाउन सक्ने उनले बताए ।

जाडोयामसँग यसको अप्रत्यक्ष सम्बन्ध पनि रहेको छ । संचार एजेन्सी रोयटर्सका अनुसार त्यहाँको नुन विभिन्न चिसो मुलुकहरुमा विक्री हुने गर्दछ जसलाई बरफ पगाल्नमा प्रयोग गरिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button