प्रदेशमुख्य खबर

२ नम्बरको सत्ता राजनीति : विश्वासको मत लिने मुख्यमन्त्री राउतको तयारी, कस्तो छ अंकगणित ?

Thrill Factory
Rungta Group

जनकपुर- प्रदेश २ को प्रदेशसभामा मंगलबार अधिवेशन बैठक हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकबाट विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको हो ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिने छन् ।

यता प्रतिपक्षी दलहरुले भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने जनाइसकेका छन् । तर प्रदेश २ का मुख्यमन्त्री राउतले मंगलबार सहज रूपमै विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।

प्रदेशसभा २ मा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री राउतले सत्ता साझेदार दलहरूका प्रदेशसभा सदस्य संख्याका आधारमा सहजै विश्वासको मत प्राप्त गर्ने छन् ।

मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को २ अनुसार विश्वासको मत लिन संसद् बैठक बोलाइएको छन् । प्रदेशसभामा एक सय चार सदस्यीय संख्या प्रदेशसभा सदस्य छन् ।

प्रदेश २ सरकारको नेतृत्व गर्ने जसपाका ३८, काँग्रेसका १९ र माओवादी केन्द्रका ८ र नेकपा (एकीकृत समाजवादी) का १३ गरी ७८ जना सदस्यको सुविधाजनक मत मुख्यमन्त्री राउतको पक्षमा छ ।

जसपा विभाजन भर्इ सरकारबाट समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वास मत लिनुपर्ने प्रावधान रहेको छ । मुख्यमन्त्री राउतको पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ । मुख्यमन्त्री राउतलाई विश्वासको मत लिने संवैधानिक संकट आइपरेको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल लोसपाका नेता जितेन्द्र सोनलले राउत सरकार अवैधानिक भएको दावी गरेका छन् । जसपाबाट छुट्टिएर लोसपा नेपालले भदौँ ९ मा निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान उल्लंघन भएको उनको दावी छ ।

सोनलले बुधबार विश्वासको मत लिने क्रममा संसद् अवरुद्ध गर्ने चेतावनी समेत दिए । प्रतिपक्षी एमालेले प्रदेश सरकारबाट जानकी मन्दिरको गरिमामाथि खेलबाड भएको भन्दै अवरोध गर्ने संसदीय दलका नेता सत्यनारायण मण्डलले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button