खबर फटाफटप्रदेश

एक किलाे चिनीमा १६ रुपैयाँ नाफा

Thrill Factory
Rungta Group

बाग्लुङ – चाडपर्व नजिकिएसँगै बाग्लुङमा उपभोग्य वस्तुको मूल्य वृद्धि हुन थालेको छ । बाग्लुङमा सरकारले तोकेको नुन, चिनीको मूल्यभन्दा निकै महँगाेमा खरिद/बिक्री भएको उपभोक्ताले गुनासो गरेका छन् । सरकारले तोकेको चिनीको मूल्य ७९ र नुनको मूल्य १८ रुपैयाँ छ तर एक किलो चिनीमै १६ र नुनमा सात रुपैयाँ बढी मूल्य उपभोक्ताले तिर्दै आएका छन् । अहिले बजारमा भने उपभोक्ताले चिनीको ९५ र नुनको २५ रुपैयाँ दिँदै आएका छन् ।

चाडबाडको समयमा सस्तो मूल्यमा नुन, चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बाग्लुङले समयमै नुन, चिनी बिक्री नगर्दा उपभोक्ता झनै मर्कामा परेका छन् । कर्पोरेशनले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ताले चर्को मूल्यमा चिनी खरिद गर्दै आएका छन् । अहिले बजारमा चिनीको मूल्य प्रति केजी सय रुपैयाँ छ । चाडबाड नजिकिए पनि कर्पोरेशनको डिपो कार्यालय बाग्लुङले नुन, चिनी वितरण गर्ने सुरसार नै गरेको छैन ।

सरकारले गएकाे असोज १० गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन भने पनि अहिलेसम्म बाग्लुङमा त्यस्ता पसल खुल्न सकेका छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button