No Image Headlineअन्तराष्ट्रिय

कोरोना अपडेट : विश्वभर ४ लाख ३ हजार नयाँ संक्रमित थपिँदा ४ लाख ७० हजार निको

Thrill Factory
Rungta Group

विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ३ हजार ५६५ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ९१ हजार ९५, बेलायतमा ३३ हजार ८६९, टर्कीमा २९ हजार ८०२, रुसमा २५ हजार ११०, ब्राजिलमा २० हजार ५२८ र भारतमा १९ हजार ३८० जना थपिएका हुन् ।

यही अवधिमा ७ हजार ३९४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ७६१, रुसमा ८९५, ब्राजिलमा ६८६, भारतमा २८५, टर्कीमा २२८ र बेलायतमा १६६ जना रहेका छन् ।

यही अवधिमा ४ लाख ६९ हजार ८१ जना निको भएका छन् । हालसम्म कुल संक्रमित २३ करोड ६५ लाख ६३ हजार ९६७ मध्ये २१ करोड ३६ लाख ८१ हजार २४२ जना कोरोनामुक्त भइसकेका छन् । मृत्यु हुनेको संख्या ४८ लाख ३० हजार ५७८ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button