No Image Headlineखबर फटाफटप्रदेश

असहायको सहारा बन्दै नगरप्रमुख विजयकुमार सरावगी

Thrill Factory
Rungta Group

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले एसीड प्रहारबाट पीडित वीरगञ्ज २ की १५ वर्षिया मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् ।

नगर प्रमुख सरावगीको सेवा सुविधाबाट जम्मा गरिएको मेयर कल्याणकारी कोषबाट तत्कालका लागि दुई लाख रुपैया मुस्कानको उपचारका लागि सहयोग गरेको सरावगीले बताए ।

खातुनको उपचारका लागि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले दुई लाख रुपैया सहयोग गरेका हुन् । आइतवार आफनै कार्यकक्षमा बोलाएर सरावगीले मुस्कानलाइ दुइलाख रुपैयाको चेक हस्तान्तरण गरे ।

एसिड प्रहारले घाँटी, पेट र छातीमा भएको घाउको तत्कालै शल्यक्रिया गर्नुपर्ने भएको र त्यसका लागि ३ लाखभन्दा बढी खर्च लाग्ने भएकोले मुस्कानलाई आर्थिक अभाव हुन नदिन नगर प्रमुख सरावगीले सहयोग गरेका हुन् ।

उनले मुस्कानको कानमा एसीडले असर पारेको र सर्जरी गर्न १२ लाख रुपैया जति खर्च लाग्ने जानकारी आपूmले पाएको र उक्त रकम सहयोग गरि दिन मुख्यमन्त्री लालबाबु राउतलाई पनि आपूmले आग्रह गरेको बताए ।

सहयोग पाएपछि नगर प्रमुख सरावगीबाट दुइलाख रुपैया पाएपछि अब छिटटै किर्तिपुरस्थित बर्न हस्टिल गएर उपचार गराउने बताइन् । घाइते भएकै समयदेखि मुस्कानको किर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार हुदै आएको छ ।

मुस्कानलाई २०७६ भदौ २० गते विद्यालय जानेक्रममा वीरगन्ज ४ गणेशमान चोकमा मजिद मियाँ र सम्साद मियाँले एसिड प्रहार गरेका थिए ।

यसैबीच नगरप्रमुख सरावगीले वीरगञ्ज मानव सेवा आश्रममा जन्मिएका एक बालकको छठियारमा सहभागी भएका छन् ।
नगर प्रमुख सरावगी आश्रमका संरक्षकको हैसियतामा त्यहाँ पुगेर बालक र उनका मातापितालाई सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।

आश्रमका स्वयम् सेवकहरुले केही दिनअघि धनुषाबाट उद्दार गरी ल्याएका मानसिक सन्तुलन गुमाएकी महिलाले आश्रममै छोरा जन्माएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button