No Image Headlineअर्थ

पूँजीबजारको सुधारका लागि नेपाल इन्भेष्टर्स फोरमको ५ बुँदे माग, होला त सुधार ?

काठमाडौं – पूँजीबजार निरन्तर घटिरहँदा नेपाल इन्भेष्टर्स फोरमले बजार सुधारको लागि पाँच बुँदे माग अघि सारेको छ ।

फोरमले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै शेयर धितो कर्जाको सीमा तत्काल खारेजसहितका पाँच बुँदे माग अघि सारेको हो ।

मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट ४ करोड र तीन ओटा बैंकबाट १२ करोडको सीमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित पारेको आरोप फोरमले लगाएको छ ।

यो व्यवस्थालाई तत्काल खारेज गरी बजारमा लगानीमैत्री वातावरण सृजना गर्न पनि नेपाल राष्ट्र बैंकसमक्ष भनेको छ । योसँगै नयाँ ब्रोकर संख्याहरु थप गरी वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिई उक्त बैंकहरुको देशभरिको सबै शाखाहरुबाट कारोबार गर्ने सुविधा बिस्तार गरी ब्रोकरमार्फत हुने मार्जिन कर्जा सुविधालाई समेत यथाशीघ्र उपलब्ध गराउन पनि फोरमले माग गरेको छ ।

हालको कारोबारलाई हेदा ब्रोकर कमिशन अत्यन्तै महङ्गो भएकाले ब्रोकर कमिशनलाई पनि समय सापेक्ष अविलम्ब समायोजन गर्न फोरमले आग्रह गरेको छ । फोरमले यतिबेला पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० समेत नेतृत्व विहिन हुँदा बजार सुधारका थप कार्य अघि बढाउन समस्या देखिएको बताएको छ ।

सरोकारवाला निकायहरुले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा योग्य व्यक्ति अविलम्ब नियुक्त गरी बजार सुधारका लागि थप कार्य अघि बढाउन फोरमले माग गरेको छ ।

नेपालको पूँजीबजारकै इतिहासमा सबैभन्दा बढी ८ खर्बभन्दा बढीको सम्पत्ति लगानीकर्ताहरुले गुमाईसक्दा पनि सरकार र यसका अन्य निकायहरु समेत मौन रहनाले ४४ लाखभन्दा बढी लगानीकर्ताहरु झनै मर्माहित भएको भनाइ फोरमको छ ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button