No Image Headlineअर्थ

रोकिएन शेयर बजारको ओरालो गति : नेप्से घटेर २५७०.८१ विन्दुमा

Thrill Factory
Rungta Group

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ६८ अंक अर्थात् शून्य दशमलव २६ प्रतिशतले घटेको छ ।

यो दिन नेप्से परिसूचक २ हजार ५७० दशमलव ८१ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२७ ओटा धितोपत्रकोे ७६ लाख ५३ हजार २२० कित्ता धितोपत्रको ४८ हजार २३६ पटकमा रू. ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ बराबरको खरीदविक्री भएको हो ।

कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये आशा लघुवित्त वित्तीय संस्थाको धितोपत्र मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

उक्त कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेसँगै कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । त्यसैगरी दोस्रोमा मैलुङ खोला जलविद्युत् कम्पनीको  शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएको छ ।

सबैभन्दा बढी शेयरमूल्य घट्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त रहेको छ । उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ३८ प्रतिशतले घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ८८५ मा झरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button