अन्तराष्ट्रिय

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

Thrill Factory
Rungta Group

काठमाडौं । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशमा पर्ने सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो ।

गान्धीलाई प्रहरीले लखनउमै रोक्न खोजेको थियो । सो क्रममा केहीबेर कांग्रेस कार्यकर्ता र प्रहरीबीच धक्कामुक्की पनि भएको थियो । तर उनी प्रहरीलाई छल्दै केहीबेर पैदल हिंडेर गाडीमा चढिन् र लखिमपुर खिरी प्रस्थान गरिन् । गान्धीसँगै कांग्रेसका अन्य नेताहरुलाई त्यतै प्रस्थान गरेका थिए ।

प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको थियो । सोही क्रममा सितापुरको हरगाउँमा फेला पारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उत्तर प्रदेश कांग्रेसले गान्धीलाई प्रहरीले पक्रेर हिरासतमा राखेको जानकारी दिएको छ ।

भारतका केही मिडियाहरुका अनुसार गान्धीलाई मन्दिर मार्गस्थित प्रहरी चौकीमा आधा घण्टा हिरासतमा राखेर पछि छाडिएको थियो ।

भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् । सोही आन्दोलनको क्रममा उत्तरप्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा हालै एक व्यक्तिले किसानहरुलाई गाडीले कुल्चिएको र सो घटनामा परी तीन जनाको मृत्यु भएको दाबी गरिएको छ । यद्यपि प्रहरी प्रशासनले केही व्यक्ति घाइते भएको भने पनि मृत्युको पुष्टि गरेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button